८ कार्तिक २०८३, शनिबार

स्रोतमै  फोहोर वर्गीकरण

  • २७ फागुन २०८०, आइतबार
Image

२०८० फागुन २७ आइतबार  

काठमाडौं- काठमाडौं महानगरपालिका कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहोर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको छ । करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बन्चरेडाँडामा लाने भन्दै अभियान चलाएको थियो । तर, उक्त अभियान प्रभावकारी नभएपछि स्थगित भयो । 

लामो समयदेखि कामपा–१० को फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेस्ट र मेट्रो सिटी वेस्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहोर संकलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । ‘स्रोतमा फोहोर छुट्याएर कुहिने फोहोरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ,’ प्रमुख श्रेष्ठले जानकारी दिए । कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिक रूपमा स्रोतमा नै फोहोरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर