८ कार्तिक २०८३, शनिबार

जन्ती राख्न वडा कार्यालयको प्रयोग

  • २९ फागुन २०८०, मङ्गलबार
Image

२०८० फागुन २९ मंगलबार  

काठमाडौं- एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसे। जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दियो। कार्यालय सहयोगीको घरमा विवाह परेको थियो। वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको  वडाध्यक्ष चन्देश्वर शाहले  बताए।

वडा नं. २५ कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए।

उहाँहरु नआएकाले आफु पनि नगएको र त्यसकारण वडा कार्यालय बन्द रहेको उनको भनाइ छ। वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडाबासीले विरोध जनाएका छन्। जन्ती हलमा भएकाले कुनै समस्या परेको छैन’, वडाध्यक्ष साहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर