२०८०चैत १९ सोमबार
रुपक खड्का बझाङ - बझाङका तीन घरमा आगलागी भएको छ ।जिल्लाको मष्टा गाउँपालिका –६ को रोकाया टोलमा सोमबार आगलागी भएको हो। आगलागी हुँदा एकै धुरी भएका ३ घर जलेर नष्ट भएका छन्न । सोमबार १ बजेतिर एक्कासि आगलागी हुँदा स्थानीय बिजय रोकाया ,लोकेन्द्र रोकाया र ईश्वर रोकायाको लक्ष्मी घर पूर्णरुपमा जलेर नष्ट भएको वडा सचिब चक्र बहादुर रोकायाले जानकारी दिएका छन।
उनका अनुसार आगो नियन्त्रण भन्दा बाहिर जादा घरभित्र भएका सुनका गहाना , नगद पैसा , अन्नपात केही बचाउन नसकेको बताए ।
हावाहुरीका कारण आगो भिषण रुपमा फैलिएपछी रोकाया टाेलका ३ घरपरिबार बिचल्लीमा परेका छन् । मष्टा गाउँपालिकाको अस्थाई प्रहरी चौकी बाट सुरक्षाकर्मी अहिले घटनास्थल तर्फ गैसकेको र घटना बारे विस्तृत बिबरण आउन बाकी रहेको जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation