९ कार्तिक २०८३, आइतबार

भारतका पञ्‍जाब र उत्तरप्रदेशमा विधानसभा निर्वाचनको मतदान सुरु

  • ८ फागुन २०७८, आइतबार
Image

नयाँ दिल्ली - भारतका पञ्‍जाब र उत्तरप्रदेश राज्यमा आइतबार विधानसभा निर्वाचन हुँदैछ।

पञ्जाबका २३ वटै जिल्लाका एक सय १७ र उत्तरप्रदेशका १६ जिल्लाका ५९ निर्वाचन क्षेत्रमा आइतबार बिहान मतदान सुरु भएको हो।

उत्तरप्रदेशमा आइतबार तेस्रो चरणको निर्वाचन हुँदैछ। ७ मार्च २०२० मा सातौँ चरणको निर्वाचन सकिएपछि मात्र उत्तर प्रदेश विधानसभामा निर्वाचित हुने चार सय तीनजना एमएलएको टुंगो लाग्नेछ।

निर्वाचनको परिणाम १० मार्चमा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै सबै नागरिकलाई मतदानमा सहभागी हुन अपिल गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर