काठमाडौं- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आइतबार गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले एमसीसी प्रस्तावलाई संसदीय समितिमा छलफलमा पठाउन आग्रह गरेको दाहालको सचिवालयले जनाएको छ।
बैठकमा प्रचण्डले यदी टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेको सचिवालयले जनाएको छ।
दाहालको सुझाव पछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमै रहेको उनको सचिवालयले जनाएको छ। 
© Lok Kalam . Designed and Developed by Goldenmud Creation