९ कार्तिक २०८३, आइतबार

एमसीसी पेस भएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित

  • ८ फागुन २०७८, आइतबार
Image

काठमाडाैं – प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको विरोधका बीच एमसीसी पेस गरिएको छ। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन्। 

नेकपा एमालेको विरोधका बावजूद प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री कार्कीलाई एमसीसी टेबल गर्न समय दिएका थिए। मन्त्री कार्कीले एमसीसी टेबल गर्ने प्रस्ताव पढिरहँदा माओवादी केन्द्रका सांसदहरूले उभिएर विरोध जनाए । 

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनकै माओवादीले भने कार्यव्यवस्था परामर्श समितिमा एमसीसी टेबल गर्ने सभामुखको निर्णयप्रति लिखित असहमति जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर