८ कार्तिक २०८३, शनिबार

एमसीसी पास गर्ने कुरामा सहमति छैन, सरकार जेसुकै होस् : माधव नेपाल

  • ८ फागुन २०७८, आइतबार
Image

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरूको सहमति नभएको बताएका छन् । आइतबार दिउँसो बसेको संसद बैठकपछि पत्रकारहरूसँगको छोटो कुराकानीका क्रममा नेपालले यस्तो बताएका हुन्। 

उनले एमसीसी पारित गरे सरकार 'जे हुन्छ हुन्छ' भन्ने प्रतिक्रिया जनाए । आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ। अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो। तर पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ छ। माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। उनले भने 'एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।' 

हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसद्‍मा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो। 

 

प्रतिक्रिया

सम्बन्धित खवर