काठमाडौं - दुई जना युवालाई भारत लगेर मृर्गौला बेच्न खोज्ने एक जना कारागार चलान भएका छन्।
मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ घर भई काठमाडौं-४ बस्ने ३९ वर्षीय मोती लामा काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
लामाले दुई युवालाई आठ लाख रुपैयाँमा मृगौला बिक्री गर्न सहमति गरेर भारत लैजान माछापोखरी स्थित एक होटलमा राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले फागुन १६ गते पक्राउ गरेको थियो।
व्यूरोका अनुसार लामाले आर्थिक अवस्था कम्जोर भएका सोझासाझालाई एउटा मृगौला झिक्दा केही असर नपर्ने भनेर आर्थिक प्रलोभनमा पार्ने गरेको खुलेको छ। लामाविरुद्ध प्रहरीले मानब बेचविखन तथा ओसार पसार उद्योग कसूर मुद्दा दर्ता गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation