काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सोमवार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसद्मा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताए । उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि उल्लेख गरे । प्रवक्ता खतिवडाले भने, ‘हाम्रो सचिवालयको बैठक जारी छ। आज छलफलको लागि समय पुगेन । हामी संसद्मा दर्ता भएको एमसीसी प्रस्तावको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला ।
हामी आफ्नो पार्टीको पोजिसन स्पष्ट गर्न चाहन्छौँ । हिजो दर्ता गरिएको एमसीसीको प्रस्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ । सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यकता थियो । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation