९ कार्तिक २०८३, आइतबार

स्थानीय तहको काम जनमुखी, पारदर्शी र जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

  • २ पुष २०७९, शनिबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र जवाफदेही हुनुपर्ने बताएका छन्। नागरिकको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति जवाफदेही हुनुपर्ने प्रष्ट पारे।

ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधारस्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रसंशासमेत गरे।

उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट शहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए। उनले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए। 

त्यसअवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुशी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्बद्र्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे।

भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर