८ कार्तिक २०८३, शनिबार

ओमानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडाैं - आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा घरेलु टोली ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गरिरहेकाे छ। मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेपछि ओमानका कप्तान जिसन मक्सुदले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले ६ ओभरको खेल सकिदा ओमानका तीन विकेट  लिन सफल भएकाे छ ।

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । नेपाल सेमिफाइनलमा यूएईविरुद्ध पराजित हुँदै दोस्रो पटक विश्वकपमा स्थान बनाउन चुकेको थियो । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर जितेन्द्र मुखियाको स्थानमा स्पिनर सागर ढकाललाई मौका दिइएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर