८ कार्तिक २०८३, शनिबार

जसपाका १४ नेता-कार्यकर्ता पार्टीबाट निष्कासित

  • १६ फागुन २०७८, सोमबार
Image

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) ले गण्डकी प्रदेशका आफ्ना १४ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। 

जसपाको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको हो।

प्रदेश कमिटी अध्यक्ष मोती रिजाल र कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले आइतबार प्रेस विज्ञप्तिमार्फत् १४ जना नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरिएको जानकारी दिएका हुन्।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तामाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुलबहादुर भुजेल, लक्ष्मण गुरुङ, मंगल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपालमान गुरुङ र खड्कबहादुर गुरुङ रहेका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर