एजेन्सी- किभ–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन् ।
त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ। रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो । युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन् । युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।
यसैबीच युक्रेनले राष्ट्रसंघको उच्च अदालतमा रुसविरुद्ध नरसंहारको योजना बनाएको भन्दै मुद्दा दायर गरेको छ। युक्रेनले युद्ध रोक्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ। साथै आक्रमणबाट भएको क्षतिपूर्ति पनि भराउन युक्रेनले माग गरेको अदालतले उल्लेख गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation