दमौली- तनहुँको व्यास नगरपालिका–४, दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो।
आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा दिउँसो २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। “हामी क्षतिको विवरण संकलन गर्दै छौँ । पछि यसबारेमा जानकारी गराउँछौँ,” खड्काले भने। आगलागीबाट चार÷पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकोप्टरले आगो निभाउन सहयोग पुगेको थियो।
साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो । सिम्रिक एयरको हेलिकोप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएको थियो । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण ९इ०, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation