९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवा चैतको तेस्रो साता श्रीलङ्काको भ्रमणमा जाने

  • २४ फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलङ्काको भ्रमण गर्ने भएका छन् ।  श्रीलङ्काले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

‘मार्च ३० मा श्रीलङ्कामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने । बिमस्टेकको चौथौ सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । 

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात वटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर