८ कार्तिक २०८३, शनिबार

माओवादीको अर्को केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने

  • २३ फागुन २०७८, सोमबार
Image

काठमाडाैं - नेकपा माओवादी केन्द्रको आगामी केन्द्रीय समिति बैठक २०७९ जेठ २० मा बस्ने भएको छ। गत शुक्रबारदेखि बसेको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिएको छ।

अन्य विषयमा छलफल गर्न सो मितिमा बैठक तोकिएको नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीमा भएको मतभेदलाई दर्ज गरेर राख्ने र अर्को बैठकमा छलफल हुने उनको भनाइ छ। आजको बैठकमा प्रचण्डले एमसीसी बारे पछि छलफल गर्ने बताएका थिए। बैठकपछि नेता जनार्दन शर्माले प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर