९ कार्तिक २०८३, आइतबार

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका नेता विजयी

  • २६ फागुन २०७८, बिहिबार
Image

सियोल - दक्षिण कोरियाका विपक्षी पार्टीका उम्मेदवार यूङ सुक योल आगामी कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्।

बिहीबार बिहान सार्वजनिक भएको मतपरिणमअनुसार सत्तारुढ पार्टीका ली जाइ म्युङ पराजित भएका हुन्। 

आगामी राष्ट्रपतिको लागि भएको निर्वाचनमा जित हात पारेसँगै यूङ सुक योलले यो जित दक्षिण कोरियाका महान जनताहरुको रहेको बताए।

बुधबार भएको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले मतदान गरेको बताइएको छ। योग्य मतदातामध्ये ७५ प्रतिशतभन्दा धेरैले निर्वाचनमा मतदान गरेका थिए। 

जितपछि उनले आफूले संविधान र संसद्को सम्मान गर्दै विपक्षी दलहरुसँग मिलेर काम गर्ने बताएका छन्। 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले यूङलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर