९ कार्तिक २०८३, आइतबार

ओखलढुंगाको दूधकोशी किनारमा एक जनाको शव भेटियो

  • २७ पुष २०७९, बुधबार
Image

ओखलढुंगा- जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित पशुबगरनजिकै दूधकोशी नदी किनारमा एक जनाको शव भेटिएको छ। अन्दाजी ३५/४० वर्षीय युवाको शव भेटिएको प्रहरीले जनाएको छ।

आज दिउँसो युवाको शब फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती युवाको ३/४ दिन अघि मृत्यु भएको हुनसक्ने जनाएको छ।

मृतकको अनुहार कालो भएर सड्न लागेको र हातहरु चुँडिन लागेको अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर