काठमाडौं- जनता समाजवादी पार्टीले हेडक्वार्टर गठन गरेको छ। आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत हेडक्वार्टर गठन गर्ने प्रस्तावलाई आज अनुमोदन गरिएको हो।
कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्नेछ। आजको केन्द्रीय समिति बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए।
साथै स्थानीय तह निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चलाउने निर्णय पनि भएको छ। अब पार्टीका निर्णयहरुमा तीनै जना नेताको हस्ताक्षर चल्ने भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation