काठमाडौं- यूएईमा मंगलबारबाट सुरु भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको छ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित निकालेको हो। यो जितसँगै नेपालले लिग २०९ खेलबाट १० क बनाएको छ।
टस जितेर ब्याटिङ राजेको पीएनजीले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २०४ रन बनाएको थियो। पीएनजीका लागि चौथो नम्बरमा मैदान छिरेका चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए।
आजको खेलमा रोहित कुमार पौडेल र आरिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन्। नेपाली खेलाडीले एक दिवसीय क्रिकेटमा पहिलो पटक सतकिय साझेदारी गरेका हुन्।
ओपनर आशिफ आउट हुँदा नेपाल १५ ओभरमा ४२ रन बनाएर चार विकेट गुमाइसकेको कमजोर अवस्थामा थियो। त्यसपछि रोहित पौडेल र आरिफ शेखले १०२ रनको साझेदारी गर्दै नेपालको टिमको स्कोर १४४ मा पुर्याए। त्यसपछि नेपाली टिम सहज अवस्थामा आयो।
अन्तिममा करण केसीले २५ बलमा २९ रन बनाएपछि नेपाले जित निश्चित गरेको हो। सो पपुवा न्युगिनीविरुद्ध नेपाली बलरले औषत बलिङ गरेका थिए। तेस्रो ओभरमै सोमपाल कामीले ११ रन खर्चिँदा नेपाली बलिङ खस्किएको देखिएको थियो। तर, त्यसपछिका ओभरमा खेलाडीले सम्हालेर लिएर गए।
यद्यपि पहिलो विकेट लिन नेपालले १० औं ओभर नै पर्खिनु पर्यो। बलर आरिफ शेखले टोनी उरालाई पेवेलियन पठाउँदै नेपालका लागि पहिलो विकेट लिए। उराले ३४ बलमा २७ रन प्रहार गरेर मैदान छोडेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation