काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई निवेदन दिन आह्वान गरेको छ। आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले मिटरब्याज पीडितलाई आफूसँग भएका प्रमाण सहितको व्यहोरा खुलाई मिटरब्याज सम्बन्धी जाँचबुझ गर्न गठित आयोग समक्ष निवेदन दिन आह्वान गरेको हो।
पीडितले आयोगको कार्यालय वा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने नगरपालकाले जनाएको छ। अनलाईनबाट सिधै निवेदन पनि सकिने सूचनामा उल्लेख गरिएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation