जनकपुरधाम-फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि ‘ड्राइरन’ (यात्रुविना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राइ रन सञ्चालन हुँदै आएको थियो। तर, पनि चैत सुरु भइसक्दा पनि नियमित रेल सञ्चालन हुने निश्चित नभएपछि ड्राइ रनको समय पनि कटौती गरिएको छ।
कुर्था–जयनगर ओहोर-दोहोर गर्न दैनिक एक सय ३० लिटर डिजेल खर्च हुने गरेको छ। तर, यात्रुबिना नै रेल चल्ने भएपछि दैनिक खर्च बढेकोले खर्च कटौती गर्न अब महिनाको १५ दिन (ड्रायरन) गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। यता, रेल सञ्चालनका लागि माघमा रेलले विभिन्न पोस्टमा ६५ जना कर्मचारी भर्ना गरिएको थियो । तर, रेल सञ्चालन नभए पनि उनीहरू अहिले बसेर नै तलब बुझ्ने गरेका छन् ।
‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ। कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ महाप्रबन्धक झाले भने, ‘भाडादर पनि निर्धारण भइसकेको छ । तर, रेलसम्बन्धी ल्याएको अध्यादेश निष्क्रिय भएपछि नियमित सेवा दिने अझ अन्योलमा पर्ने देखिएको छ ।’ जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । १४ माघमै रेल सञ्चालनसम्बन्धी अध्यादेश निष्क्रिय भएको उनले बताए । ‘आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,’ महाप्रबन्धक झाले भने, ‘सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ ।
कानुन नभएसम्म एकदिन बिराएर नै चलाउँछौँ ।’ ‘ड्रायररन’ सफलतापूर्वक सञ्चालन भइरहे पनि जनचेतनाको अभाव देखिएको उनले बताए । ‘पशु चौपाया अझै लिकमै हुन्छन् । जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ,’ उनले भने, ‘रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ। खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चल्ने गरेको छ ।’ जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । २ असोज २०७७ मा नेपाल सरकारले भारती रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो ।
-medium-original.jpg)
-medium-original.jpg)
-medium-original.jpg)
-medium-original.jpg)
-medium-original.jpg)
