९ कार्तिक २०८३, आइतबार

युक्रेनको सैनिक ब्यारेकमा रुसद्वारा तीनवटा मिसाइल प्रहार

  • ६ चैत २०७८, आइतबार
Image

किभ- रुसले युक्रेनको सैनिक ब्यारेकमा तीनवटा मिसाइल प्रहार गरेको छ। रुसले गरेको मिसाइल आक्रमणका कारण ठूलो संख्यामा युक्रेनी सैनिकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

रुसले मिसाइल आक्रमण गर्दा करिब २०० सैनिक सुतिरहेका थिए। मिकोलाभको उत्तरी क्षेत्रमा रहेको ब्यारेकमा रुसले आक्रमण गरेको हो। सो आक्रमणमा घाइते भएका करिब ५७ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको एक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

ब्यारेकमा भएको सो आक्रमणमा के कति हताहती भयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन। उद्धार तथा खोजीको काम जारी छ। उनीहरुले शनिबार भत्नावशेष भित्रबाट ३० घण्टापछि एकजनालाई जीवितै उद्धार गरेका छन्।

उद्धार गरिएका उनलाई तत्कालै अस्पताल लगिएको थियो। तर तापक्रम माइनस ६ डिग्रीसेल्सियससम्म पुगेकाले अरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना भने निकै कम रहेको जनाइएको छ।

मिकोलाभका क्षेत्रीय प्रशासकीय प्रमुख भिताली किमले रुसी आक्रमणकारीले सुतिरहेका सैनिकलाई कायर बनेर निशाना बनाएको आरोप लगाएका छन्।

म्याक्सिम नाम गरेका एक सैनिकले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार कम्तीमान ५० जनाको शव घटनास्थलबाट निकालिएको छ। फेरि पनि रुसले आक्रमण गर्न सक्ने डरकाबीच उद्धारकार्य भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर