८ कार्तिक २०८३, शनिबार

पोखरा जाँदै प्रचण्ड र बाबुराम

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार पोखरा जान लागेका छन्। पोखरामा हुन लागेको गण्डकी प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रचण्ड आइतबार बिहान पोखरा जान लागेका हुन्।

शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेल, नेता देव गुरुङ, नारायणकाजी श्रेष्ठ पनि प्रशिक्षणकै लागि पोखरा जाने माओवादी प्रदेश कमिटीले जनाएको छ। कार्यक्रम पोखरा सभागृहमा बिहान ११ बजे सुरु हुनेछ।

जसपा अध्यक्ष भट्टराई पनि पार्टीकै कार्यक्रममा सहभागी हुन आइतबार बिहान पोखरा जाँदै छन्। जसपा गण्डकी प्रदेश कार्यालय सचिव आस्था नेपालीका अनुसार जनता समाजवादी पार्टी, नेपाल गण्डकी प्रदेशको पार्टी समायोजन र तमुवान राष्ट्रिय समितिको समायोजन कार्यक्रममा सहभागी हुन डा. भट्टराईसहितका नेता पोखरा आउन लागेका हुन्। 

पोखरा बुद्धचोकस्थित लालिगुराँस पार्टी प्यालेसमा बिहान १० बजे सुरु हुने कार्यक्रममा हेमराज राई, हिसिला यमी, रमेश यादव, शिवलाल थापालगायत सहभागी हुने कार्यालय सचिव नेपालीले जानकारी दिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर