काठमाडौँ । नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिकामा वडाध्यक्षको उम्मेदवार बनेका तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार माओवादी केन्द्रबाट वडा नम्बर २४ को वडाध्यक्ष पदमा उठेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन्।
केही दिनअघि मात्रै वडा नम्बर १३ र १५ बाट वडाअध्यको उम्मेदवार बनेका दुईजना एमालेमाप्रवेश गरेका थिए।
पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा सन्तान जिताउनेबाहेक कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको बताए।
उनीहरुसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई नेकपा ९एमाले० काठमाडौँ जिल्लाका सचिव राजेश शाक्यले टीका लगाएर एमालेमा स्वागत गरे।
उनले नातावाद र कृपावादलाई प्राथमिकता दिँदा पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि पोखे।
यसअघि माओवादीबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation