८ कार्तिक २०८३, शनिबार

बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडौं- बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी तेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर हुन्।

बैंकिङ कसुर मुद्दामा शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। शेर्पाले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको उजुरी प्रहरीमा परेको थियो।

शेर्पालाई महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको मैनालीले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर