चितवन- रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ।
सोही ठाउँ बस्ने ४८ वर्षीय सुनबहादुर लोप्चनको शुक्रबार घटनास्थलमै मृत्यु भएको हो।
सो विषयमा जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation