९ कार्तिक २०८३, आइतबार

राजधानी किभ र चेर्नेहिभमा आक्रमण नगर्ने रुसको घोषणा

  • १६ चैत २०७८, बुधबार
Image

किभ- शान्ति वार्ताका लागि ‘दुई पक्षीय विश्वास’ बढाउन भन्दै रुसले ‘नाटकीय रुपमा’ युक्रेनका दुई प्रमुख शहरमा सैन्य आक्रमण घटाउने बताएको छ। रुसले राजधानी किभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा आक्रमण कम गर्ने बताएको हो।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेयता पहिलोपटक शान्ति वार्तामा देखिने गरी केही सकारात्मक परिवर्तन देखिएको हो। मंगलबार टर्कीको राजधानी स्तानबुलमा वार्ता भएको थियो।

रुसले दुई शहरमा आक्रमण कम गर्ने बताए पनि त्यो कति कम वा कस्तो आक्रमण हुने छैन भन्ने खुलाएको छैन।

रुसी घोषणालाई लिएर युक्रेन भने शसंकित छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी प्रतिनिधिको वाचनमा विश्वास गर्न सकिने अवस्था नरहेको उल्लेख गरेका छन्।

उनले मंगलबार जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘हामीले संकेत सकारात्मक देखिएको भन्न सक्छौँ, तर ती संकेतको अर्थ रुसी बिस्फोट र गोलाबारी रोकिन्छ भन्ने होइन।’

रुसले आफ्नो आक्रमण हाल युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ। राजधानी किभको उत्तर–पश्चिममा रुसले गम्भीर धक्का बेहोरेको छ।

स्तानबुलमा मंगलबार युक्रेन र रुसका अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको थियो। त्यसबारे विस्तृत जानकारी आएको छैन।

तर अपेक्षित समय भन्दा पहिले नै युक्रेनी वार्ता टोलीका सदस्य निस्किएकाले खासै प्रगति नभएको स्पष्ट हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर