९ कार्तिक २०८३, आइतबार

कस्तो रहला आजको मौसमी अवस्था?

  • २५ जेठ २०७९, बुधबार
Image

काठमाडौं- देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेसका थोरै स्थानमा, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

विभागले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरेको छ।

रातको समयमा पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर