अछाम - बलात्कारको झुटो मुद्दा दिने किशोरीलाई अछाम जिल्ला अदालतले जेल सजाय सुनाएको छ।
सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो।
कमलबजार नगरपालिकाकी ती किशोरीलाई न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त सजायको फैसला गरेको हो। प्रहरीका अनुसार गत माघ १५ गते आफूलाई माग्न आएको युवकलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।
२० वर्षीय किशोर रामारोशन गाउँपालिकाका हुन्। किशोरीले फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन्। किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन।
बयानको क्रममा पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए। विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए।
सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन्।









© Lok Kalam . Designed and Developed by Goldenmud Creation