९ कार्तिक २०८३, आइतबार

स्थानीय तहमा लगत संकलनसम्बन्धी काम सुरु गर्न भूमि आयोगको सूचना

  • २७ मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गर्ने भएको छ। चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको थियो।

आयोगले आज (२७ मंसिर) बाट पुनः काम सुरु गरिएको गोरखापत्रमा सूचना जारी गर्दै जनाएको छ। 

गत १२ असोजदेखि लागू भएको निर्वाचन आचारसंहित हिजो (२६ मंसिर) देखि नरहेको निर्वाचन आयोगले जनाएको छ। भूमि आयोगका अनुसार मंसिर २८ गतेदेखि पुनः काम सुरू गरिने जानकारी दिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर