काठमाडौं - सरकारले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाले जानकारी दिए।
अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारबाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा नियुक्त गर्नेलगायतका बिभिन्न निर्णयहरू गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation