काठमाडौं- नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबि पेश गरेका छन्। माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
उनले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन्। आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए।
नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन्। फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्। सरकारमा सहभागी राप्रपाले भने राजीनामा दिएको छैन।
लुम्बिनीमा कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत र लोसपाका ३-३ राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ प्रदेशसभा सदस्य छन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation