९ कार्तिक २०८३, आइतबार

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

  • १९ चैत २०७८, शनिबार
Image

काठमाडौं- भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। पेट्रोलको मूल्य १ रूपैयाँ ४८ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निरन्तर बढिरहेको पेट्रोलको मूल्य यसपालि भने घटेर आएको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य केही घटेको छ भने डिजेल, एलपी ग्यास, मट्टितेल तथा हवाई इन्धनको मूल्य भने बढेको छ। निगमका अनुसार डिजेलमा प्रतिलिटर ०.०२, मट्टितेल २२.१९, हवाई इन्धन ४.२३ रुपैयाँ वृद्धि भएको छ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७३.३८ पैसा बढेर आएको छ। निगमका अनुसार आगामी १५ दिनमा करीब ५ अर्ब २१ करोड घाटा हुने देखिएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर