९ कार्तिक २०८३, आइतबार

कांग्रेसले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने

  • १८ चैत २०७८, शुक्रबार
Image

काठमाडौं- कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचार-प्रसार समितिले पार्टीको केन्द्रीय कार्यकालमा सञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता तथा प्रचार-प्रसार समितिका  संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा आज बसेको बैठकले पार्टीको सञ्चार संयन्त्र तयार गर्दै स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

बैठकले उक्त कार्यका लागी पार्टी सम्वद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी,सञ्चारकर्मी र अन्य पेशागत संस्थाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ। प्रचार सामाग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उप-समिति गठन गरिने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले स्थानीय घोषणा पत्र तयार गर्ने निर्णय पनि गरेको छ।

पार्टीको घोषणा पत्र, प्रचार प्रसार सामग्री र नारा तयार गर्दा कांग्रेसको सरकार र कांग्रेस नेतृत्व सरकार भएका स्थानीय तहले देश र जनताको हितमा र भावी कार्यक्रमबारे जनतासम्म पुर्‍याउने निर्णय भएको पौडेलले बताए। यस्तै प्रतिपक्षी पार्टीका गलत कार्यबारे जनतालाई सुनिश्चित एवं सचेत गराउने पनि कांग्रेसले जनाएको छ।

साथै विदेशमा रहेका नेपाली जनतालाई मतदानको बेलामा स्वदेशमा आई कांग्रेसलाई मतदान गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर