कंगो- कंगोको शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीमाथि विद्रोहीले आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी एक जना नेपाली सैनिक घाइते भएका छन्।
नेपाली सेनाका अनुसार अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको नेपाली सेनाको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको हो।
गोली लागेका सैनिकको उपचार भइरहेको सेनाले जनाएको छ। अन्य सैनिकहरू भने सकुशल रहेको जनाइएको छ । गोली लागेका सैनिकलाई तत्कालै हेलिकोप्टरबाट उद्धार गरी राष्ट्रसंघको अस्पतालमा लगिएको जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation