काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनतासँग जोडिएर रहन निर्देशन दिएका छन्। ‘घर घर जाऔं,कांग्रेस जिताऔं’अभियान अन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताका समस्या सुन्न घर घरमा जान उनले आग्रह गरे।
उनले भने, 'मजाक गर्ने ,उखान टुक्का भनेर जनता हँसाएर राजनीति हुँदैन। राजनीति मजाक हैन गम्भीरतापूर्वक काम र निर्णय गर्नुस् ।' जनआधार पाएको एमाले नेतृत्वको सरकार आफै परिपक्व हुन नसकेर ढलेको उनले स्मरण गराए। एमाले अध्यक्ष केपी शर्मा ओलीले सक्दै सक्दिन भनेर पटक-पटक ससंद विघटन गरेको हुनाले एमालेसँग अब भोट माग्ने आधार नभएको उनले बताए।
ओलीको शासनकालमा देशले ऋणको भार बोकेको र अझै २ वर्ष सरकारमा रहेका भए नेपाली अर्थतन्त्रको पनि श्रीलंकाकै जस्तो हालतमा पुग्ने उनले टिप्पणी गरे । उदारको अनुदानलाई भ्रमको खेती गर्ने कम्युनिस्टहरू पर्दा हटेको उल्लेख गर्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) ले देशको विकासले गती लिने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation