९ कार्तिक २०८३, आइतबार

जसपा सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी प्रवेश 

  • २९ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टी परित्याग गरेका छन्। जसपा परित्याग गरेका चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेका छन्।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच चौधरीसहित नेपाली कांग्रेस र एमाले परित्याग गर्नेलाई प्रचण्डले माला र खादा लगाएर स्वागत गरेका छन्। 

चौधरी सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई सरकारमा सहभागी गराइएको भन्दै रुष्ट बनेका थिए। उनले गठबन्धन छाड्ने चेतावनी दिएका थिए। तर, उनी मंगलबार माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर