काठमाडौं- पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन्।
पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरू सार्वजनिक भएसँगै अभिनेत्री पूजा खुसी देखिएकी हुन्। यसअघि पनि पूजा पलको समर्थनमा बोल्दै आएकी थिइन् । नाबालिगले पलविरुद्ध जाहेरी दिएपछि उनले पलको समर्थनमा अभिव्यक्ति दिएपछि विवादमा तानिएकी थिइन्।
आइतबार पलविरुद्धको बयान पीडित भनिएको पक्षले फेरेपछि नायिका शर्माले घटनाबारे केही उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation