काठमाडौं- गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरको उपमेयर उम्मेदवार रञ्जु दर्शनाले यसपटक भने उम्मेदवारी नदिने बताएकी छन्। तर राजनीतिक यात्रा भने जारी राख्ने उनले बताएकी हुन्।
विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन्। तर मिलन पाण्डे पक्षले आसन्न स्थानीय तह निर्वाचनमा रञ्जुलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन विकल्पमा छलफल गरेको थियो। २०७४ को चुनावमा पनि उनले २३ हजार ४३९ मत पाएकी थिइन्।
रञ्जुले यो निर्वाचनमा उम्मेदवार नहुने बताएकी छन्। ‘म आफैंले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु’ उनले भनेकी छन्, ‘यस स्थानिय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन।’
स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गर्नुको अर्थ राजनीति छोड्नु भने नभएको उनले बताएकी छन्। राजनीतिक यात्रा अघि बढाउने भन्दै उनले भनेकी छन्, मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ। यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation