विराटनगर- संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन्।
२०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडा जिल्ला अदालत मोरङको आदेशमा सोमबार धरौटीमा रिहा भएका हुन्।
अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो ।
खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् । डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation