९ कार्तिक २०८३, आइतबार

आचारसंहिता विपरीत मेयर महत चुनावी प्रचार-प्रसारमा

  • १६ वैशाख २०७९, शुक्रबार
Image

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार-प्रसार गरेका छन् । नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् ।

निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ।

बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेको भन्दै सर्वसाधारणले उनको विरोधसमेत गरेका छन्। उनले भाषणको क्रममा मतदातालाई प्रभाव पार्ने गरी आश्वासनसमेत दिँदै हिँडेको आरोप लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर