८ कार्तिक २०८३, शनिबार

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  • २० वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघको भनाइ छ । आज चाँदीको प्रतितोला मूल्य सोमबार जस्तै १२ सय ९० रुपैयाँ छ ।

सोमबार छापावल र तेजावी सुनको मूल्य क्रमशः ९८ हजार २ सय र ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । हिजो पनि सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर