>२०८१ बैशाख १ शनिवार
काठमाडौं- सन् २०३० सम्ममा मुलुकको
अर्थतन्त्रको आकार सय खर्बबराबरको बनाउने निजी क्षेत्रको भिजन छ । नेपाल उद्योग वाणिज्य महासंघले तीन वर्षअघि सार्वजनिक गरेको भिजनपेपरले दोहोरो अंकको आर्थिक वृद्धिमार्फत सन् २०३० भित्र मुलुकको अर्थतन्त्र सय अर्ब डलरबराबरको पुर्याउने लक्ष्य लिएको हो।
महासंघले तयार गरेको ‘राष्ट्रिय
आर्थिक रूपान्तरण २०३०’ले यस अवधिमा मुलुकमा एक खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी
लगानी गर्न सकिने परिकल्पना गरेको छ ।
दशवर्षे भिजनपेपर इमानदारीपूर्वक कार्यान्वयन गर्न सकिए सन् २०३० सम्म निजी क्षेत्रबाट मात्रै एक खर्ब आठ अर्ब डलर लगानी हुने महासंघको भनाइ छ । भिजनपेपरले वार्षिक चार लाख रोजगारी सिर्जना, दोहोरो अंकको आर्थिक वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन लगायतल
लक्ष्य राखेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation