काठमाडौं- नेपाली कांग्रेसबाट विद्रोह गर्दै पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण कार्कीले उम्मेदवारी निष्क्रिय बनाएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई सघाउने निर्णय लिएको बताएका हुन्।
पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन्। पार्टीले उम्मेदवारी फिर्ताको निर्देशन दिएकाले आफूले गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई सघाउँदै उम्मेदवारी निष्क्रिय पार्ने निर्णय गरेको उनले बताए।
‘साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, विज्ञप्तिमा उनले भनेका छन्, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation