९ कार्तिक २०८३, आइतबार

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैन : गृहमन्त्री श्रेष्ठ

  • ७ असोज २०८०, आइतबार
Image

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि गृहमन्त्री श्रेष्ठले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको बताएका हुन्।

उनले तथ्य, प्रमाणका आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको बताए। गृहमनत्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगरअगाडि बढ्ने बताए।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। सर्लाहीको मलंगवा–३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरूमाथि सांघातिक हमला भएको थियो।

समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिरहेको उल्लेख गर्दै उनले आवश्यक परेमा एक–दुई दिनमै नयाँ निर्णय लिइने बताए। उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए। गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालय देशभरका कारागार सुधार्ने काममा लागेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर