काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएको बताएका छन् ।
देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्मपन्न भएको दाबी गरे।
मतदान सकिएलगत्तै प्रधानमन्त्री देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वभौम नेपाली नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गरिएको छ। शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको मतदान भएको थियो।
मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation