चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ। अहिलेसम्म २ सय मत गणना गर्दा एमालेका विजय सुवेदीले ८२ मत पाएका छन्।
यस्तै गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६८ मत ल्याएकी छन्। कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २५ मत ल्याएका छन्।
पौडेलले यही रफ्तारमा मत पाइरहेमा सत्ता गठबन्धनको कम्तीमा पनि १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ। अहिले त्यहाँ वडा १ नम्बरको मतगणना भइरहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation