८ कार्तिक २०८३, शनिबार

रुपन्देहीको सैनामैना–१ मा माओवादी विजयी

  • १ जेठ २०७९, आइतबार
Image

काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका  भुवनसिंह थापा निर्वाचित भएका छन्।

उनले २ हजार ३९१ मत प्राप्त गरेका छन्। नेकपा एमालका उम्मेदवारले २ हजार १६९ मत प्राप्त गरे। 

सैनामैनामा ५ हजार ८० मत  गणना हुँदा मेयरमा कांग्रेसका फणेन्द्र शर्माले २ हजार २१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्।

एमालेका चित्रबहादुर कार्कीले १ हजार ९४१ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका नारायण महतले २ हजार ३०२ मत प्राप्त गर्दा एमालेकी बिना रानाले २ हजार ११० मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर