८ कार्तिक २०८३, शनिबार

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

  • २४ पुष २०७९, आइतबार
Image

काठमाडौं- सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा केहीबेर अघि बैठक सुरु भएको हो।

बैठकमा पर्सि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मत, सरकार विस्तार, प्रदेशका मुख्यमन्त्री भागबन्डालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रदेश १ को मुख्यमन्त्रीमा भने एमालेका नेता हिक्मत कार्की नियुक्त भइसकेका छन्। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर